नेयमारले विश्व कपमा २ खेल गुमाउने

 मंसिर ९, २०७९ शुक्रबार २२:१९:३३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

ब्राजिलका स्टार खेलाडी नेयमारले कतारमा भइरहेकाे विश्व कपमा समूह चरणका बाँकी २ खेल गुमाउने भएका छन् । 

सर्बियासँगकाे खेलमा नेयमार दायाँ खुट्टामा चाेट लिएर मैदानबाट बाहिरिएका थिए । खुट्टामा चाेट लागेका कारण उनले अबकाे २ खेल गुमाउने ब्राजिलियन टिमका डाक्टरले जानकारी दिएका बीबीसीले लेखेकाे छ । 

सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको 'ट्याकल' का कारण दायाँ खुट्टामा चाेट बाेक्दै नेयमार खेलकाे ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिरमा नेयमारकाे दायाँ खुट्टा सुन्निएकाे देखिएकाे छ । 

अब ब्राजिलले ३० वर्षीय नेयमार विना नै समूह चरणकाे २ खेलमा स्विट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया