खाेटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख बराबरकाे क्षति

 मंसिर १०, २०७९ शनिबार १२:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । 

विद्युत् सर्ट हुँदा रावाबेसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको पसल घरमा आगलागी भएको हो । 

गए राति भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना सामग्री  जलेर नष्ट भएको स्थानीय बासिन्दा घनश्याम खतिवडाले बताउनुभयो ।

आगलागीबाट विश्वकर्माको करिब १५ लाख ६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया