नोबेल शान्ति पुरस्कार बलात्कारविरुद्धका अभियन्ताद्वय डेनिस मकवेज र नादिया मुरादलाई

 असोज १९, २०७५ शुक्रबार १६:३६:२५ | एजेन्सी
unn.prixa.net

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका मेडिकल डाक्टर डेनिस मकवेज र इराककी २५ वर्षीया नादिया मुरादलाई प्रदान गरिने भएको छ ।

उनीहरुलाई लामो समयदेखि बलात्कारविरोधी अभियानमा काम गर्दै आएकाले यो पुरस्कार प्रदान गरिने भएको हो । 

डाक्टर मकवेज एक हुनु् र उनी लामो समयदेखि बलात्कार पीडितहरुका लागि काम गर्दै आएका थिए । उनी र उनका कर्मचारी डाक्टरहरुले बलात्कार तथा यौनजन्य हिंसापीडित हज्जारौं बिरामीहरुको उपचार गरिसकेका छन् । उनले आफ्नो जीवनको महत्वपूर्ण समय यही क्षेत्रमा व्यतित गरेका छन् ।

नादिया मुराद सन् २०१४ मा आईएसआईएस जिहादिहरुले उत्तरी इराकको कोचो भन्ने गाउँमा आक्रमण गरेका बेला अन्य यजिदी महिलाहरुसँगै अपहरणमा परेकाी थिइन् । त्यसबेला उनी र उनका दिदीबहिनीहरु अपहरित भएका थिए भने आक्रमणकारीहरुले उनका दाजुभाई र आमाको ज्यान लिएका थिए ।

 

आक्रमणकारीहरुले गाउँका पुरुष र यौन हिंसा बलात्कार गर्न नमिल्ने उमेरका महिलाहरुलाई मारेका कारण उनले दाजुभाई र आमा गुमाउनुपरेको हो । 

उनले आफ्नो ज्यानको परवाह नगरी आईएसआईएस जस्तो भयानक संस्था र यससम्वद्ध कार्यकर्ताहरुविरुद्ध आफू र अन्य महिलाहरुलाई अपहरण र दुर्व्यवहार गरेको बारेमा अपहरणकारीविरुद्ध बयान दिने साहस गरेकी थिइन् ।

त्यसको दुइ वर्षपछि सन् २०१६ मा उनले संयुक्त रुपमा युरोपियन युनियनको प्रतिष्ठित पुरस्कार ‘शाखारोभ ह्युमन राईट्स प्राइज’ जितेकाी थिइन् ।

त्यसैवर्ष उनले युरोप परिषदको ‘भ्याक्लाभ ह्याभेल ह्युमन राईट्स प्राइज’ नामक मानव अधिकारसम्बन्धी पुरस्कार समेतथ जितेकी थिइन् ।

अहिले २५ वर्षकी नादिया मलाला युसफजाई पछि नोबेल शान्ति पुरस्कार पाउने कम उमेरकी विजेता हुन् । मलालाले सन २०१४ मा १७ वर्षकै उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया