विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलियो

 मंसिर १२, २०७९ सोमबार १३:४४:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ ।  हिजो मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको छ ।

राजधानीका सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया