बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु

 मंसिर १३, २०७९ मंगलबार ९:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि लागेको कुहिरो हट्न थालेको छ । कुहिरो हट्न थालेसँगै भिजिबिलिटी बढ्न थालेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

बिहान ५ सय मिटरमा झरेको भिजिबिलिटी अहिले बढेर १५ सय मिटरमा पुगेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको हो । भिजिबिलिटी बढ्न थालेसँगै अवरुद्ध भएकाे उडान र अवतरण सुरु हुन थालेको छ ।

काठमाण्डौको त्रिभुवन  विमानस्थलबाट उडान सुरु हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो लाग्दा बिहान आन्तरिक र बाह्य उडान ठप्प भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया