काठमाण्डाै महानगरपालिकाकाे कार्यालय अगाडि सुकुम्बासीहरुको प्रदर्शन

 मंसिर १३, २०७९ मंगलबार १२:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै थापाथलीकाे बाग्मती नदी किनारका सुकुम्बासीहरुले काठमाण्डाै महानगरपालिकाको कार्यालय अगाडि विराेध प्रदर्शन गरेका छन् ।

धेरै सङ्ख्यामा जम्मा भएका सुकुम्बासीहरुले आफूहरुलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विराेध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्बासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि याे क्षेत्र तनावग्रस्त बनेको थियो ।

महानगरपालिकाको कदमप्रति सुकुम्बासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्बासीहरुले महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले 'सुकुम्बासी एक हौँ, बालेन साह होसियार, सूचना आतङ्क बन्द गर' लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहिन,सुकुम्बासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको विरुद्ध बृहत् खबरदारी र्‍याली’ नाम दिइएको विराेध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए ।सुकुम्बासी सम्बद्ध दुई दर्जनभन्दा बढी सङ्घ, सङ्गठन र मोर्चाहरुको नाममा विराेध प्रदर्शन भएको थियो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया