सशस्त्र प्रहरीका हबलदारले दिएकाे रगतले जाेगियाे महिलाको ज्यान

 मंसिर १४, २०७९ बुधबार १८:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुलामा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हबलदार नरेन्द्र विष्टले एक महिलालाई रगत दिनुभएकाे छ । दुहुँ गाउँपालिका–५ की ३७ वर्षीया उर्मिला डडाललाई सशस्त्र प्रहरी हबलदार विष्टले रगत दिनुभएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । 

अत्यधिक रक्तश्राव भएका कारण ३७ वर्षीया उर्मिलालाई रगतको आवश्यकता परेकाे थियाे । उहाँलाई आवश्यक परेकाे (ए) पोजेटिज रगत सशस्त्र प्रहरी हबलदार विष्टले दिनुभएकाे हाे ।  

अत्यधिक रक्तश्राव भएपछि उर्मिलाको रजस्वला नै रोकिएको थियाे । सशस्त्र प्रहरी हबलदार विष्ट आज बुधवार जिल्ला अस्पताल पुगेर उहाँलाई एक पिन्ट रगत दिनुभएको गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया