कालीकाेट : बेवारिसे शव भेटियो

 मंसिर १४, २०७९ बुधबार १८:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकोट – कालीकाेटकाे सान्नीत्रिवेणी गाउँपालिका ३ सिस्नेगडामा बेवारिसे अवस्थामा एक जनाकाे शव भेटिएकाे छ । नामथर र ठेगाना नखुलेका एक व्यक्तिकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयाे ।  

कर्णाली काेरिडोरदेखि झन्डै १० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले घाँस काट्न जाने क्रममा शव देखेपछि स्थानीय प्रहरी चौकी शान्तिघाटमा खबर गरेका थिए । 

अहिले मृतकको शव प्रहरीले जिल्ला अस्पतालको शव गृहमा ल्याएर राखेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया