दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे समानुपातिकतर्फकाे मतगणना अझै चलिरहेकाे छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामको विवरणअनुसार समानुपातिकतर्फ एक करोड एक लाख ७१ हजार मत गन्दा एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ८५ हजार ९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार चार सय ४३ मत पाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख चार हजार दुई सय ४५ मतसहित चाैथाे स्थानमा छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख आठ हजार नाै सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९ र नेकपा एकीकृत समाजवादीले दुई लाख ९० हजार एक सय ९६ मत पाएकाे निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीले सङ्घर्ष गरिरहेको छ । चुनावमा एक करोड सात लाख मत खसेको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।