अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको ज्यान गयो

 मंसिर १५, २०७९ बिहिबार ९:१२:५ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको ज्यान गएको छ ।

मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको हिजो ज्यान गएको हो । दाजुसँग बाख्रा चराउन गएका गौतमलाई वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको वडाअध्यक्ष नरबहादुर भण्डारीले जानकारी भयो ।

१३ वर्षका गौतम मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा ५ कक्षामा अध्ययनरत थिए । दाजुले हाम फालेर ज्यान जोगाएका छन् । बर्खामा पानीले भिजेर ढुङ्गा उक्किएको र त्यसमुनि खनेपछि ढुङ्गा खसेको अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया