पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै - आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मङ्सिर १ गते नै दिवस मनाइने गरिए पनि यसपालि चुनावका कारण आज मनाउन लागिएको हो ।
नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
२०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ । बोर्डका सूचना अधिकारी दीपक खनालले माटोको कमजोर उर्बराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमिनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।