दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की दोब्बरभन्दा धेरै मतले अगाडि

 मंसिर १६, २०७९ शुक्रबार १०:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा -  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की दोब्बर मतले अगाडि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार कार्कीले ३ हजार ६१८ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ८०० मत प्राप्त गर्नुभएको छ । माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १ हजार ८१८ रहेको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया