दार्चुलामा भिरबाट लडेर १ जनाको ज्यान गयाे

 मंसिर १६, २०७९ शुक्रबार १९:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

आज शुक्रवार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश शाहीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया