एमाले नेता गोकुल बाँस्कोटाको घरमा सेनाको बम डिस्पोजल टोली, शङ्कास्पद वस्तु रहेको आशङ्का

 मंसिर १८, २०७९ आइतबार ९:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - शङ्कास्पद वस्तु रहेको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोली नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा पुगेको छ ।

बाँस्कोटाको भक्तपुरमा रहेको घरमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल टोलीलाई त्यहाँ पठाइएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार बाँस्कोटाको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु भेटिएको छ । त्यस क्षेत्रलाई अहिले  घेरेर राखिएको छ ।

त्यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ । बिहान छिमेकीले बाँस्कोटाको घरको पर्खाल छेउमा शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया