खोटाङको हलेसीमा खानेपानी आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारलाई कागज गराइयो

 मंसिर १८, २०७९ आइतबार १६:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खानेपानी आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारलाई कागज गराउन बाेलाइएकाे बैठक

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम दुई महिनाभित्र पूरा गर्न ठेकेदारलाई कागज गराएको छ ।

चार पटक म्याद थप हुँदा पनि खानेपानी आयोजनाको काम पूरा नगरेको भन्दै नगरपालिकाले जनप्रतिनिधि, सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समितिलगायतको उपस्थितिमा ठेकेदारलाई बोलाएर दुई महिनाभित्र काम पूरा गर्न कागज गराएको हो । दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्का लिएको दिवा–महादेव खिम्तीलाई माघ १६ गतेसम्ममा काम सम्पन्न गर्न कागज गराइएको छ ।

यस्तै काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई पनि आउँदो माघ १६ गतेसम्ममा आफ्नो काम सम्पन्न गर्ने गरी कागज गराइएको छ । यही आयोजनाको भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्शनलाई पनि प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।

सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी पुर्‍याउन थालिएको झन्डै एक अर्ब रुपैयाँको आयोजनामा काम ढिलासुस्ती भएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया