ग्वार्काेमा 'फ्लाइओभर' काे काम आउँदाे शुक्रवारदेखि, यसरी हुँदैछ गाडीकाे व्यवस्थापन

 मंसिर १८, २०७९ आइतबार १६:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ललितपुरको ग्वार्कोमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणकाे काम सुरु हुने भएको छ । बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो । 

निर्माण कार्य प्रभावित नहोस् भने ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमा समेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मूल बाटो अर्थात् फास्ट ट्र्याकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

यस्तै कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया