प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

 मंसिर १९, २०७९ सोमबार ९:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै  १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी हुनुभएको छ । उहाँँले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराउनुभयो ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया