एम्बाप्पे भन्छन्– ‘म विश्व कप जित्न आएकाे हुँ, अरू केही हाेइन’

 मंसिर १९, २०७९ सोमबार १७:५०:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : फिफा

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले हिजो आइतवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जित दिलाउँदै दोस्रो पटक विश्व कपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । 

एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्यान्डलाई तीन–एक गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटर फाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ ।  ३ वर्षीय एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्व कपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । 

‘म विश्व कपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले भने ।     

उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्व कप जित्नु हो । अहिले क्वाटर फाइनल सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो एकमात्र चिज हो जसले मेरो विश्व कप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्व कप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरू केही होइन ।’   

एमबाप्पेले आइतवारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् । उनले भने, ‘पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

उनले भने, ‘म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थेँ र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौँ र अब हामीले क्वाटर फाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ ।

‘क्वाटर फाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौँ । पोल्यान्डको विरुद्धमा खेल्नु एक कठिन क्षण थियो । हामीले कडा टोलीसँग खेल्यौँ र खेलको समयमा महत्त्वपूर्ण समयमा गोल गर्न सफल भयौँ । यद्यपि, अझै पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीले जित्यौँ र हामी खुसी छौँ’,  उनले भने ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया