सरकारले किसानको धान खरिद नगरेको विरोधमा किसान महासङ्घले आन्दोलन गर्ने

 मंसिर २०, २०७९ मंगलबार १३:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ ।

गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गरेको तर धान खरिद नगरिदिँदा किसानले सस्तो मूल्यमा निजी मिललाई बेच्न बाध्य भएको भन्दै महासङ्घले आन्दोलन गर्ने भएको छ ।

सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएका महासङ्घको भनाइ छ ।

यस्तै, रासायनिक मलको निरन्तर अभावले किसानले अत्यन्त कठिनाइ भोग्नु परिरहेको तर सरकार मौन रहेकोमा पनि महासङ्घले आपत्ति जनाएको छ । सरकारको  गैरजिम्मेवारपनले किसान निकै समस्यामा परेकाले तत्कालै माग पूरा गर्न महासङ्घले खबरदारी पनि गरेको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया