पाेर्चुगल पठाइदिन्छु भन्दै ४ जनाबाट २७ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ

 मंसिर २०, २०७९ मंगलबार १८:२८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भन्दै चार जनाबाट २७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

उमेश अधिकारीसहित चार जनालाई पोर्चुगल पठाउने र मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारि ठगी गर्ने झापाको कन्काई नगरपालिका ७ घर भइ भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई महाशाखाले पक्राउ गरेको हो । उनले पोर्चुगल जान प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताउँदै आएका थिए ।

२७ लाख रुपैयाँ लिएर फरार भएका आचार्यलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेपछि गठ्ठाघरबाट पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि विभागमै पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया