जबराविरुद्धकाे महाअभियाेग निष्क्रिय भएकाे छैन, आउँदाे संसदमा छलफल हुन्छ : कार्की

 मंसिर २१, २०७९ बुधबार १५:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धकाे महाभियोग प्रस्ताव जीवितै रहेकाे बताउनुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा कार्कीले आउँदाे प्रतिनिधि सभामा जबराविरुद्धकाे महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।  

‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ’, कार्कीले भन्नुभयो । 

संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि अहिले अन्योल बढेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया