धनुषामा आगलागी, ३० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

 मंसिर २२, २०७९ बिहिबार १०:२१:२४ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।

जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चोकमा रहेको हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा धेरैको इलेक्ट्रोनिक समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिनुभयो ।

गएराति साढे १२ बजेतिर लागेको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । मिथिला नगरपालिका ढल्केवरबाट आएको दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाइएको थियो । आगो लाग्नुको कारण खुल्न बाँकी छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया