धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै गरेको, कोखमा छोरी, डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिइनन् डडेल्धुरा अमरगढी नगरपालिका–४ की कल्पना बिष्टले ।
तर, उनको सुखी र खुशी परिवारमात्रै खोसिएन, उनी आफैँ पनि अर्काको सहाराविना बाँच्न नसक्ने भइन् ।
आजकै दिन अर्थात ०७१ साल असोज २० गते डोटी जोरायल गाउँपालिका–२, (त्यतिवेलाको छतिवन गाविस–५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी गुमाइन् । उनी आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन् ।
दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्रै सँगै उिजने र सँगै मर्ने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गरेकी कल्पनाले न त सँगै जिउन सकिन्, न सँगै मर्न नै ।
उनी अहिले काभ्रेको स्पाईनल इन्जुरी पुनस्र्थापना केन्द्रमा छिन् ।
माइतीघर जोरायलमा आमाबुवाका हातबाट दशैंको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको दुर्घटनाले कल्पनाको जीवन उजाड बनायो ।
मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएर बाँचिरहेकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको शवसमेत हेर्न पाइनन् । दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जिउने आश मारिसकेकी थिइन् ।
तर, उपचार गर्ने चिकित्सकले निको हुने भनेपछि उनी पहिलेजस्तै हिँडडुल गर्न सक्ने आशमा थिइन् ।
‘सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नू, बिस्तारै ठीक भइहाल्छ भनेर पठाए’ कल्पना भन्छिन् ‘तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ ।’
एक महिनासम्म विभिन्न अस्पतालहरुमा जाँच गराउँदा मात्रै कल्पनालाई थाहा भयो, अब उनी कहिल्यै हिँड्न सक्दिनन् । मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उनलाई दिल्लीमा थाहा भयो ।
नयाँ दिल्लीबाट फर्केपछि कल्पना काभ्रे गइन् । दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूरै निस्कृय भएकी कल्पनालाई पुनस्र्थापना केन्द्रमा मेरुदण्ड पक्षाघात भएकाहरुले कसरी जिउने भन्ने कला सिकाइयो । र, अहिले उनी त्यही पुनस्र्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहेकी छिन् ।
कल्पना भन्छिन् ‘यो अवस्था होला भन्ने सोचेकी थिइनँ । हाँसीखुशी जीवन बित्छ भन्ने लागेको थियो । तर, भयो यस्तो ।’ परिवार गुमाए पनि कल्पनाले हिम्मत भने हारेकी छैनन् ।
उनी भन्छिन् , ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ । जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’
कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो ३५ वर्षीया कृष्णा शाहीको ।
कैलालीको तेघरीमा बस्दै आएको कृष्णाको परिवार दशैं मनाउनका लागि जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान÷श्रीमतीलाई त्यसै घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो ।
कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकी छिन् ।
‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ’ कृष्णाका भतिजा शेरबहादुर शाही भन्छन् ‘काकाहरुको जीवन हाँसीखुशी बितेको थियो । तर, दैवले उजाडिदियो ।’
मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई उनका नाबालक छोराछोरीहरु र भतिजा बुहारीहरुले जिउने सहारा दिइरहेका छन् ।
दशैंको भोलिपल्ट ना ३ ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाइते भएका थिए ।
बसमा १२५ जनाभन्दा बढी यात्रुहरु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पाता भाँचिएपछि दुर्घटना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।