ज्यापु दिवसमा काठमाण्डाैमा र्‍याली

 मंसिर २२, २०७९ बिहीबार १३:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुह्नी अर्थात् ज्यापु दिवस मनाइँदैछ । 

ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुह्नी पर्व मनाउने परम्परा छ ।

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुह्नीको रूपमा मनाउने गर्दछन् । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् ।

ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको र्यालीमा सहभागी हुँदै काठमाण्डाै महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताउनु भयो । उहाँले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताउनु भयो ।

उहाँले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाण्डाै भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान सुरु गरेको र अहिले पनि सांस्कृतिक महत्त्वका कार्यक्रमहरुले ठाउँ बढि पाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योमरी पुह्नी, धान्य पूर्णिमा पनि भन्छौँ । १९ औं राष्ट्रिय ज्यापु दिवस पनि मनाउँदै छौँ । नेपालका सम्पूर्ण किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलन थियो । पछि आएर सरकार योमरी पुह्नीलाई राष्ट्रिय ज्यापु दिवसको रुपमा सरकारले घोषणा गरिसकेपछि राष्ट्रिय ज्यापु दिवसको रुपमा मनाइन्छ । मेरो कार्यकालमा काठमाण्डाै भित्र रहेका सम्पूर्ण, मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान सुरु गरेका थियौँ । त्यसले व्यापकता पाएको थियो । अहिले काठमाण्डाै वरपर जहाँतहीँ बनिरहेको देख्नुहुन्छ ।’

आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

तस्बिर  : रासस

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया