गुणस्तरहीन भएकाे भन्दै दुई प्रकारका आयुर्वेदिक औषधि बिक्रीमा विभागकाे राेक

 मंसिर २७, २०७९ मंगलबार ८:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो ।

दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले यी औषधिको प्रयोग नगर्न/नगराउन पनि सचेत गराएको छ ।

 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया