‘संविधान बनाउने सांसदहरू नै सरकारमा जाँदा संविधान मान्दैनन्’

सांसदहरूको गुनासो– ‘कानुन निर्माण गर्न सरकारबाट नै चुनौती छ’

 मंसिर २७, २०७९ मंगलबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सांसदहरूले संसदमा कानुन निर्माण गर्ने कुरामा सरकारबाट नै चुनौती रहेको गुनासो गरेका छन् । 

आज (मङ्गलवार) कानुनी शासन केन्द्रले काठमाण्डौमा आयोजना गरेको 'कानुनी शासनको प्रवर्द्धनमा संसद्को भूमिका' विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरूले कानुन निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौती हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरूले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरूको आरोप छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले संसदमा कानुन बनाउने विषयमा सांसदहरूलाई सरकारले नै समस्या पार्ने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय संसद् छलेर सबै दलका सरकारले अध्यादेश ल्याउनु गलत भएको पनि बताउनुभयो । 

पन्तले संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्ने मानव अधिकारसम्बन्धी विधेयकहरू संसदमा छलफलसमेत नभइ पास भएको बताउनुभयो । मानव अधिकारसम्बन्धी विधेयकमा सांसदहरूले संशोधन हाल्दासमेत बहुमतको आधारमा विधेयक पास उहाँको गुनासो थियो । 

त्यस्तै राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संसद् छलेर सरकारले अध्यादेश ल्याउँदा देशलाई राम्रो नगर्ने बताउनुभयो । उहाँले संसदमा विभिन्न विधेयकमा छलफल गर्नुभन्दा अगाडि नागरिकका बीचमा छलफल गर्ने काम नभएको बताउनुभयो । उहाँले विधेयक तयार बनाउने समयमा नै कस्तो विधेयक आवश्यक हो भनेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । 

देवकोटाले कानुन निर्माणपछि कानुन कति प्रभावकारी भयो भनेर मापन गर्ने काम नभएको गुनासो गर्नुभयो । प्रधानमन्त्रीलेसमेत कानुनभन्दा विपरीत काम गरिरहेको उहाँको भनाइ थियो ।  

त्यस्तै नवनिर्वाचित सांसद बद्री पाण्डेले सांसद हुँदा संसदमा देशको हितमा बनाएका कामको बारेमा नागरिकलाई जानकारी दिन आवश्यक रहेको बताउनुभयो । उहाँले संसदमा अनुभवी व्यक्ति जान आवश्यक रहेको बताउनुभयो । नयाँ व्यक्ति संसदमा जाँदा एक वर्षभन्दा बढी समय सिक्न नै लाग्ने उहाँले उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया