सुकुम्वासी समस्या समाधान गर्न सबैकाे सहयाेग आवश्यक : मन्त्री चाैधरी

 मंसिर २९, २०७९ बिहीबार १५:५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाण्डाै उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । काठमाण्डाै सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चाैधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमत‍ि आवश्यक रहेकाे बताउनुभयाे । 

२८ औँ महानगर दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न याेजनाबद्ध कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न बताउनुभयाे । महानगरपालिकालाई बसाेबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाइ महानगरवासीकाे आधारभूत आवश्यकता परिपूर्ति गर्न महानगरकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहरमैलालगायतका समस्या समाधान गरि अघि बढ्न काठमाण्डाै महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया