चार जनाले पाए याे वर्षकाे ‘ललितपुर महानगर गौरव पुरस्कार’

 पुस २, २०७९ शनिबार १५:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ । 

शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई  ललितपुर महानगर गौरव पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको व्यक्तिलाई जनही एक लाख नगदसहित याे पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई प्रदान गर्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया