काठमाण्डौ महानगरको नगर प्रहरी विवाद : सई चुडालको राजीनामा स्वीकृत

 पुस ६, २०७९ बुधबार ८:५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो ।

चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ ।

यी काममा नगर प्रहरी बल खटिने गरेको छ । काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय व्यवहार भोगेकोले राजीनामा दिएकाे सई चुडालले गुनासो गर्नुभएको छ । चुडालको राजीनामा महानगर प्रशासनले हिजो नै स्वीकृत गरेको  महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिनुभयो ।

महानगर प्रहरीभित्र मान-अपमानको विषयमा विवाद देखिएको उहाँको भनाई छ । काठमाण्डौ नगर प्रहरीमा एक सय ६० भन्दा धेरै स्थायी नगर प्रहरी छन् । त्यस्तै सेक्युरिटी कम्पनीमार्फत एक सय जना अस्थायी नगर प्रहरी रहेका छन् ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया