छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

 पुस ७, २०७९ बिहिबार १६:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय विदेशबाट आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा भारतमा पुष्टि भएको 'बीएफ ७' भेरियन्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

फरक स्वरूपमा देखिन थालेको सङ्क्रमणले जोखिम बढाएको भन्दै मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन आग्रह गरेको छ । नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सर्तकता बढाउन तथा आवश्यक तयारीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया