सहरी विकास मन्त्रीको निर्देशनपछि धोबीखोला काेरिडोर धमाधम पिच हुँदै

 पुष ७, २०७९ बिहीबार २०:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबीखोला काेरिडोरको अधुरो काम धमाधम सुरु भएको छ । 

‘काेरिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभएअनुसार बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला काेरिडोर सुधार आयोजनाको कामले अन्तिम रूप पाउने छ’, उपत्यका विकास प्रधिकरणकी आयुक्त जानुका ढकालले भन्नुभयाे ।

नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, सर्वसाधारण हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्र (पिच) थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमनका क्रममा निर्देशन दिनुभएकाे थियाे ।  

‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबीखोला काेरिडोरमा बाँकी रहेको काम पूरा हुँदैछ । जसअन्तर्गत एक दशमलल पाँच किमी बाटोमा ओभर लेयिङ् र केही मर्मतका काम हुँदैछ । रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउनेदेखि नदी किनारमा रहेका बिरुवाको संरक्षणसम्मका काम भइरहेका छन्’, उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदीश लामिछानेले बताउनुभयाे । गएकाे वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया