अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई नेवा: समुदायको समर्थन

 पुष ९, २०७९ शनिबार १३:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् ।

शनिवार काठमाण्डाै उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाण्डाैका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका बिरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाण्डाैका स्ववासीहरुको समर्थन रहेको बताए । उनीहरुले काठमाण्डाै महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरुको पूर्ण समर्थन रहेको बताए ।

कार्यक्रममा बोल्दै नेवाः जातिय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाण्डाै महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्ववासीहरु अनधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाण्डाैको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताउनु भयो । उहाँले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरि सुकुम्वासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्ने बताउनु भयो । उहाँले महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको बताउनु भयो ।

काठमाण्डाैका स्ववासीहरुले अनधिकृत बस्तीमा बसोवास गर्ने मानिसहरुलाई राज्यले थातथलो रहेकै जिल्लामा व्यवस्था गरिदिनुपर्ने बताए । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया