एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नयाँ सरकार गठनको लागि छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक निष्कर्ष विना नै सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने भोलि बैठक बसेर टुङ्गो लगाउने बताउनु भयो ।
उहाँले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै देशलाई नागरिकको आकाङ्क्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताउनु भयो । उहाँले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दाबी गर्दै गठबन्धनले नै नागरिकको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो । मन्त्री कार्कीले नागरिकको आकाङ्क्षालाई गठबन्धनको सरकार बनाएर तीव्र गतिले अघि बढाएर लैजाने दाबी गर्नुभयो ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बेलुकी ५ बजेसम्मको समय दिनुभएको छ । त्यसअघि नै कुनै प्रतिनिधि सभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्नेछ । सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपति लगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।