एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - ट्राफिक प्रहरीले काठमाण्डौमा लागुऔषध खाएर गाडी चलाउने सात जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले हिजो गरेको जाँचमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सीका चालक रहेका छन् ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । चालकले लागुऔषध खाएर गाडी चलाए/नचलाएको बारेमा गएको साउन ९ गतेदेखि ट्राफिक प्रहरीले विशेष जाँच अभियान सुरु गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।