दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै : सबै मन्त्रालय स्थापना

 पुस १०, २०७९ आइतबार ९:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ । अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेकाे छ ।

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । पाँच करोड २० लाख रुपैयाँ लागतमा प्रदेश सभा भवन तयार भइसकेको छ । लुम्बिनी प्रदेश सभाको बैठक पनि स्थायी राजधानी दाङमा नै बस्दैछ ।

प्रदेश सभा सचिव पुनमगरले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको जानकारी दिनुभयो । पुस १५ गतेदेखि २१ गतेको बीचमा नै शपथ ग्रहण गराउने तयारी छ ।


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया