गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन
जेठ २७, २०८० शनिबार
काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले आज आइतवारदेखि पर्सि मङ्गलवारसम्म १२ वटा ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ।
सिप्रदीले काठमाण्डौ उपत्यकाकाभित्र बागडोल, बालकुमारी, सोल्टीमोड र उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबर, हेटौँडा, धनगढी र नेपालगञ्जमा क्याम्पकाे आयाेजना गर्ने भएकाे हाे ।
यस क्याम्पमा टाटाका प्यासेन्जर श्रेणीका गाडीहरुको जाँच गरिने सिप्रदीले जनाएकाे छ । यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ् , कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि:शुल्क प्रदान गरिने सिप्रदीले जनाएकाे छ । साथै क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गत ४ हजार रुपैयाँसम्म नगद फिर्ताको पनि व्यवस्था छ।
टाटाका प्यासेन्जर श्रेणीका गाडी चलाउने ग्राहकहरुलाई सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीकाे दाबी छ ।