पर्सामा विद्यार्थीकाे अपहरणपछि हत्या गरेर ५० लाख रुपैयाँ फिरौती माग्ने शिक्षक पक्राउ

 पुष १३, २०७९ बुधबार १४:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जना पक्राउ परेका छन् । वीरगञ्जमा रहेको गुरुकुल इङ्ग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षका विद्यार्थी निरजकुमार पासवानको अपहरणपछि हत्या गरेको आरोपमा त्यही विद्यालयका शिक्षक दिलीपकुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का श्यामप्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

विद्यार्थीको अपरहणपछि ५० लाख रुपैयाँ फिरौती मागेको म्यासेजकाे आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीले बताउनुभयो । कक्षा ८ मा अध्ययन गर्ने निरज हराएको भन्दै परिवारले गएकाे मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा मङ्सिर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा फिरौती मागेको म्यासेज देखिएको र त्यही आधारमा शिक्षक पटेल र यादवलाई पक्राउ गरेको डीएसपी गिरीले बताउनुभयो । दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । 

निरजको शव विद्यालयको पुरानो भवन रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा गाडिएको अवस्थामा भेटिएको छ । निरजको अपहरण गरेकै दिन हत्या भएको र फिरौती भने १२ दिनपछि मागेको पाइएको छ । हत्यामा संलग्न एक जना फरार रहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया