एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने भएकाले सो निर्देशिका ल्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको जानकारी दिनु भएको हो । बुधबार काठमाण्डौमा आयोजित ‘अपांगता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी व्यवस्था, अभ्यास तथा भावी योजना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उनीहरुको शिक्षामा सूचना प्रविधिको व्यवस्था गर्नुपर्ने गरी नियमावलीको समेत व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
उपसचिव मिश्रले बौद्धिक अपांगता, मानसिक अपांगता, अटिज्म, मष्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन भएका व्यक्तिको सिकाई आवश्यकतालाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र त्यही अनुसारको शैक्षिक सागम्रीको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो ।
त्यसैगरी अपांगता भएकाका लागि निःशुल्क शिक्षा र छात्रावृत्ति, निःशुल्क स्वास्थ्य सेवा, सार्वजनिक गाडीमा छुट र सिटमा आरक्षणको व्यवस्था गरेको पनि सरकारले जनाएको छ । कार्यक्रममा बोल्दै अपांगता भएका व्यक्तिहरुले भने व्यवस्था बदलिए पनि आफूहरुको अवस्थामा परिवर्तन नआएको भन्दै गुनासो गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।