मापदण्ड विपरीत खाेला उत्खनन गरेकाे भन्दै पालिकाका कर्मचारीमाथि साढे ३ कराेड रुपैयाँकाे भ्रष्टाचार मुद्दा

 पुष १४, २०७९ बिहीबार १९:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा र मोरङको बीचमा पर्ने मावा खोला मापदण्ड विपरीत उत्खनन गरेको भन्दै पालिकाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब–इन्जिनियर विवेक कार्कीविरुद्ध तीन करोड ४४ लाख ११ हजार रुपैयाँ राजस्व नोक्सान गरेको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेकेदारले अनुमति पाएको भन्दा धेरै नदीजन्य पदार्थ उत्खनन गरेको थाहा पाउँदा पाउँदै कर्मचारी नियन्त्रणमा उदासिन भएको र पालिकालाई राजस्व नोक्सानी पुर्‍याएकाले मुद्दा दायर गरेकेा अख्तियारले जनाएको छ ।

किशन एण्ड दृष्टि बिल्डर्स प्राइभेट लिमिटेड कम्पनीले मावा खाेला उत्खननका लागि ठेक्का पाएकाे थियाे ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया