महाेत्तरीका १ हजार २ सय परिवारलाई न्यानाे कपडा वितरण

 पुष १५, २०७९ शुक्रबार ११:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – तराई क्षेत्रमा जाडाेका बेला गरिब, विपन्न परिवारलाई विभिन्न संस्थाले राहत बाँड्न थालेका छन् । महोत्तरीका दुई पालिकाका एक हजार दुई सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

इस्लामिक रिलिफ वर्ल्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १ र ३ का छ सय तीन जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का पाँच सय ९७ जना गरी एक हजार दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । बलवा नगरपालिकाका मेयर विजयकुमार महतोको अध्यक्षतामा न्यानो कपडाअन्तर्गत आठ हजार पाँच सय रुपैयाँ बराबरका न्यानो कपडा वितरण गरिएको हाे । 

त्यस्तै लोहारपट्टी नगरपालिका वडा नं. २ मा वडाध्यक्ष राम मिलन यादव तथा वडा नं. ७ का वडाध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा न्यानाे कपडा वितरण गरिएको छ । संस्थाले यसअघि नै लक्षित वर्ग छनाेट गरेर अहिले चिसाेकाे समयमा राहतस्वरूप विभिन्न १२ प्रकारका न्यानो कपडा वितरण गरेकाे हाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया