यसरी मनाइयाे तमु ल्होसार (फाेटाे फिचर)

 पुष १५, २०७९ शुक्रबार १६:४७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित गुरुङ समुदायले काठमाण्डाैसहित देशभर तमु ल्होसार मनाएका हुन्।

काठमाण्डाैको टुँडिखेल लगायत देशका अन्य ठाउँमा आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाइएकाे छ । 

काठमाण्डाैमा ल्होसार मनाउन काठमाण्डाै नजिकका विभिन्न जिल्लाहरुबाट गुरुङ समुदायका नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे ।  ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागी हुनुभएकाे थियाे । उहाँले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनु भएको छ । उहाँले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समूदायको पहिचान नेपालमा मात्रै नभइ विश्वभर फैलिएको बताउनु भयाे । 

तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली नागरिकका लागि गर्वको विषय भएको उल्लेख गर्दै उहाँले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्ने बताउनु भयो ।

 ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’काे रुपमा मनाइन्छ ।  तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया