प्रचण्डलाई श्रीलङ्काका राष्ट्रपतिको फोन, सम्बन्ध थप सुमधुर हुने अपेक्षा

 पुस १५, २०७९ शुक्रबार १८:५३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले फोन गरेर बधाई दिनुभएको छ ।

आज बेलुका फोन गरेर विक्रमासिङ्घेले प्रचण्डलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

नेपाल–श्रीलङ्काको मैत्रीपूर्ण सम्बन्ध प्रचण्डको नेतृत्वमा थप सुमधुर हुने अपेक्षा रहेको विक्रमासिङ्घले बताउनुभएको थियो ।

प्रचण्डले पनि श्रीलङ्कासँगको स्वार्थरहित सम्बन्ध थप मजबुत हुने विश्वास रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया