कम्बोडियाको होटलमा ज्यान गुमाउनुअघि छोरालाई निराकारको अर्ती – कसैलाई ‘चिट र फ्रड’ नगर्नू

 पुष १५, २०७९ शुक्रबार १९:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कम्बोडियाको एक होटलमा भएको आगलागीमा परि झापा घर भएका निराकार पाण्डेको ज्यान गएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे रहनुभएका थाइल्यान्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ । विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ ।

भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताउनुभएको थियो । उहाँले आफ्नो छोरालाई सम्बोधन गर्दै भन्नुभएको थियो ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

उहाँले छोरालाई कसैलाई 'चिट र फ्रड' नगर्नू पनि भन्नुभएको छ । भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए । घटनामा झण्डै ५० जना घाइते भएका बीबीसीले जनाएको छ ।      

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया