एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छ : पर्यटन सचिव

 पुष १६, २०७९ शनिबार १५:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ । 

सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयाे । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो ।

सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भए पनि अहिले सन्तोषजनक ढंगले सुधार भइरहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशीयाली देशहरुमा पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवस्यकता समेत औँल्याउनु भयो ।

कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणाले होटल व्यवसायलाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दबाव दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवर्द्धनका लागि बनेका नीतिहरुलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया