भारतबाट बढेर आए पनि इन्धनको मूल्य यथावत्

 पुष १८, २०७९ सोमबार ७:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर  एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया