मेलम्चीको पानी नआएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

 पुष १८, २०७९ सोमबार १६:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोटेश्वरको महादेवस्थानमा मेलम्चीको खानेपानी पाइप लाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

आज सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत आफ्नो क्षेत्रमा पानी पाइप लाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् । 

कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दासमेत आफ्नो क्षेत्रमा पानी नचढेको भन्दै समस्याको समाधानका लागि निर्देशनालयलाई ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिनुभयो । उहाँले आयोजनाको पाइपमा पानी नचढे स्थानीयले पाइप दिने बताउनुभयो । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताउनुभयो । उहाँले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताउनुभयो । समस्या समाधानका लागि अध्ययन गरेर माग सम्बोधन गर्ने उहाँको भनाइ छ । 

ध्यानाकर्षणपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशानालयबीच खानेपानीको समस्या समाधानमा चार बुँदे सहमति भएको छ । एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र, दुई हप्ताभित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग, महादेवस्थान कोटेश्वर वरिपरिको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनका लागि तीन दिनभित्र काठमाण्डौ खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया