यसपालिको भूकम्प सुरक्षा दिवस मूल समारोह काठमाण्डौ महानगरमा मनाउने निर्णय

 पुष १९, २०७९ मंगलबार ७:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाण्डौ महानगरपालिकामा गर्ने निर्णय भएको छ ।

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको हो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।  

यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालय, सबै पालिकालाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय भएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया