विद्युतजन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि ललितपुरका गृहिणीलाई सचेतना कार्यक्रम

 पुष १९, २०७९ मंगलबार १०:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्युतजन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाले गृहिणीलाई सचेतना तालिम दिइरहेको छ । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वडाका गृहिणीलाई घरेलु आगलागी जोखिम नियन्त्रणका उपायबारे सचेतना तालिम सञ्चालन गरेको हो ।

विपद् व्यवस्थापन शाखाको आयोजना, जुद्ध वारुण यन्त्रको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयात्मक सहयोगमा आइतवार वडा नं २३ कार्यालय धापाखेल र सोमवार वडा नंं २४ नागदहमा विद्युतजन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना तालिम दिइएको हो । तालिममा प्राध्यापक डा. श्रीराम शर्माले एलपी ग्यासको आगलागी नियन्त्रण विधि, फायर एक्सटिङगिसरको प्रयोग विधि, फायर ब्ल्याङ्केटको प्रयोग विधि र विद्युतीय गडबडीबाट हुने आगलागीका बारेमा सहजीकरण गर्नुभएको थियो ।     

त्यस्तै जुद्ध वारुण यन्त्रका अग्नि नियन्त्रक गणेश पौडेलले आगलागी हुन नदिन के गर्ने र कस्ता सावधानी अपनाउने, आगलागी भएपश्चात् के गर्ने र कसरी सुरक्षित रहने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।   साउथ एसियन लाइट्निङ नेटवर्कका विद्युतीय सुरक्षासम्बन्धी इन्जिनियर श्रीयोग शर्माले विद्युतीय गडबडी हुन नदिन र आगलागी हुने अवस्था सृजना नहोस् भन्नका लागि कस्ता विद्युतीय सामग्रीहरू प्रयोग गर्ने भन्ने विषयमा सचेतना सहजीकरण गर्नुभएको थियो ।

ललितपुर महानगरको विपद् व्यवस्थापन शाखाले गएकाे वर्ष १० वटा वडा ६, ७, ८, ९, १२, २२, २६, २७, २८ र २९ मा यस्ता कार्यक्रम गरेको र यस वर्ष बाँकी १९ वटा वडामा सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर हरिशचन्द्र लामिछानेले जानकारी दिनुभयो ।     

यसै कार्यक्रमअन्तर्गत आज वडा २१ खोकनामा गृहिणी सचेतना कार्यक्रम हुने अग्नि नियन्त्रक गणेश पौडेलले जानकारी दिनुभयो । विपद् व्यवस्थापन शाखाका इन्जिनियर लामिछानेका अनुसार महानगरले नगरभित्र विद्युतीय काममा खटिइने इलेक्ट्रिसिएनलाई समेत सचेतना तालिम दिने तयारी रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया