थाइल्याण्डको गुफामा फसेको वाइल्ड बोअर्स फुटबल टिमलाई आईओसीको विशेष सम्मान

 असोज २२, २०७५ सोमबार १८:३६:३२ | एजेन्सी
unn.prixa.net

बाढी पसेको गुफामा फसेर उद्धार गरिएका थाइल्याण्डको ‘वाइल्ड बोअर्स’ फुटबल टिमलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले विशेष सम्मान गरेको छ ।

नौ दिनसम्म गुफामा थुनिएका ११ देखि १७ वर्षका किशोरसँगै उनीहरुका प्रशिक्षक एकापोल चाङ्थावङलाई अर्जेन्टिनाको ब्यूनस आयर्समा जारी युथ ओलम्पिकको उद्घाटनमा सम्मान गरिएको हो । उनीहरुलाई आईओसीका अध्यक्ष थोमस बाक र ब्यूनस आयर्सका मेयर रोद्रिगेज लारेटाले स्वागत गरेका थिए ।

उनीहरुलाई उद्घाटन समारोहका लागि सडकमा उत्सव मनाइरहेका हजारौँ खेलप्रेमीका बीचमा उपस्थित गराइएको थियो । अर्जेन्टाइन क्लब बोका रिभर प्लेटले पनि उनीहरुको सम्मानमा आफ्नो जुनियर टिमसँग ‘हाइप्रोफाइल’ फुटबल म्याच खेलेको थियो । रिभर प्लेटको यू–१३ टिमसँगको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।

वाइल्ड बोअर्स टिमले युथ ओलम्पिकको रोलर स्पिट स्केटिङ खेल हेरेका थिए जहाँ उनीहरुले आइओसीको अध्यक्ष थाेमस बाकसँग भेटघाटको अवसर समेत पाएका थिए ।

थाइल्याण्डको त्याे टिम ओलम्पिक भिलेजमा नै बस्दै आएको छ । उनीहरु मंगलबार आफ्नो मुलुक फर्किने बताइएको छ ।

रसिया विश्वकप जारी रहेका बेला थाइल्याण्डको एक गुफामा फसेका किशोरहरुलाई फाइनलको केही दिनअघि उद्धार गरिएको थियो । फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले पनि त्यस टिमलाई विश्वकपको फाइनल हेर्नका लागि रसियामा निमन्त्रणा दिएका थिए । तर स्वास्थ्यमा देखिएको समस्याका कारण उनीहरु रसियामा उपस्थित हुन सकेका थिएनन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया