दार्चुलाको थीमा सेनाको बेस क्याम्प बन्ने, हेलिकप्टरबाट सामान झारियाे

 पुष १९, २०७९ मंगलबार २०:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दार्चुला – दार्चुलाकाे व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएकाे छ । आज मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ ।

सेनाको विकास निर्माण कार्यदल–२ ले गएकाे दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ ।

यसैबीच सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडकको अनुगमन तथा थीमा निर्माण हुने बेस क्याम्पको स्थलगत निरीक्षण गर्न विकास निर्माण निर्देशक भएपछि पहिलो पटक दार्चुला आउनुभएको छ । उहाँ आज बिहान हेलिकप्टरबाट दार्चुला आउनुभएको दार्चुला–तिङ्कर सडक आयोजनाले जनाएको छ ।

दार्चुला–तिङ्कर सडकको कुल लम्बाइ एक सय ३२ किलोमिटरमध्ये ८७ किलोमिटर क्षेत्रमा सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया